प्रधानमन्त्रीले बोलाए चौमासिक समीक्षा बैठक, मन्त्रीपरिषद् बैठक पनि बस्‍ने

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौमासिक समीक्षा बैठक बोलाएका छन्। बिहीबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठक बोलाएका हुन्।

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षाकाे लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

समीक्षा बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो तीन बजे मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय