के आज छुट्दैछन् पुर्वगृहमन्त्री खाण ?
काठमाडौं,२८मंसिर। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमा आज सुनुवाइ हुने भएको छ।
पुर्व गृहमन्त्री खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज (बिहिवार)सुनुवाइ हुने भएको हो ।यसअघिको सुनुवाइमा दुई जना न्यायाधीश बिचमा राय नमिलेको कारण तेस्रो न्यायाधीशकोमा आज सुनुवाइ हुन लागेको हो।
आज सुनुवाइ हुँदा यसअघिका दुई न्यायाधीशले दिएको फरक-फरक रायमा जसले समर्थन गर्छन्, सोही अनुसारको आदेश कार्यान्वयन हुनेछ ।
तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।यस अघि मंसिर १५ को सुनुवाइबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेस नेता आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

