यु१९ एसिया कप: नेपालले आज भारतसँग खेल्दै

Photo: ACC

काठमाडौं, २६ मंसिर । युएईमा जारी एसिसी यु१९ एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै छ ।

खेल आइसिसी ओभल २ मा विहान सवा ११ बजेदेखि सुरु हुने छ । खेलको एसियन क्रिकेट काउन्सिलले आफ्नो युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । सेमिफाइनल सम्भावना जीवितै राख्‍न नेपाललाई आज चमत्कारिक जीतको आवश्‍यकता हुने छ ।

नेपालले भारतलाई विशाल अन्तरले हराउनुपर्ने छ भने उता पाकिस्तानले पनि अफगानिस्तानलाई हराउनुपर्ने छ । भारतलाई पनि जित्‍नैपर्ने दबाब छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय