जम्शीदको शतकमा अफगानिस्तानद्वारा नेपाललाई बलियो लक्ष्य

काठमाडौं, २४ मंसिर । युएईमा जारी एसिसी यु१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग खेलिरहेको छ ।
आइसिसी ओभल २ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । अफगानिस्तानले पूरा ४९.३ ओभरमा ९ विकेट गुमाएर २६१ रन बनायो ।
अफगानिस्तानका लागि जम्शीद जाद्रानले शतकीय पारी खेले । उनले ८ चौकासहित सर्वाधिक १०६ रन बनाए । त्यस्तै नुमान साहले ६० तथा रहिमुल्लाह जुरमातीले ३५ रन बनाए ।
नेपालका लागि गुल्शन झा, हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए भने आकाश चन्द र दीपेश कँडेलले १-१ विकेट लिए ।

