धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प

धादिङ, २४ मंसिर । धादिङ केन्द्रविन्दु भएर विहान भूकम्प गएको छ ।
आइतबार विहान ८ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका – ३ मैदी केन्द्र भएर ४.२ म्याग्निट्युडको भूकम्प गएको हो ।
भूकम्पको सामान्य धक्का गोरखा, चितवन, नवलपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

