परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, बिपिन जोशीको रिहाइका लागि पनि पहल गर्ने

काठमाडौं, २३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबार कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने बताइएको छ ।

‘दोहा सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार जानु भएको हो‘, उनका स्वकीय सचिव दीपक जोशीले भने, ‘कतार रहँदा हुने उच्चस्तरीय भेटमा उहाँले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राख्नुभएको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय