एनसेल(Ncell) को घोटाला कान्ड ? के हो वास्तविकता ?

तारा पोख्रेल

Ncell घोटला कान्डको कुरा गर्नु अघि यसको नेपाली इतिहास जान्नु जरुरी हुन्छ । नेपालमा सन २००४ तिर एउटै मोबाइल प्रदायक सस्था  नेपाल टेलिकम को नमस्ते भन्ने एकलौटी नेपाल दुरसचार प्राधिकरणको थियो । त्यसपछी सन २००४ मै अर्को मोबाइल प्रदायक कम्पनी स्पाइस नेपाल प्रालीले ल्याइ सन २००५ sep १७ (२०६२ असौज २/३ ) मा “मेरो मोबाइल” भनी व्यापारिक सेवा सुरु गर्यो । स्विडिस कम्पनी टेलिया सोनेराले २००८ मा किनेर आफुले चलाउने इच्छा गर्यो ।

टेलिया सोनेरा स्विडिस दुरसंचारले नियन्त्रण र नियमन गर्ने र नेटवर्क संचालन गर्नेगरि स्विडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुनिया, लाटभिया, इस्टोनियामा समेत विस्तार गर्यो । स्पाइस नेपाललाइ सन २०१०/१२ मार्च (२०६७/८/१७ ) मा नाम बदलेर Ncell बनाइयो । १ बिलियन अमेरिकी डलर अथवा १ अर्ब रुपैया खर्च गरि यसको नेटवर्कमा सुधार गर्यो । नेपालको सबै क्षेत्रमा बिस्तार गरेर बर्षको अन्तमा 3G सेवा सुचारु गर्यो । सन २०१५ Dec २१ (२०७२ पौष ६) मा टेलिया सोनेराले Ncell को ६०.४% खरिद गरेको थियो ।

मलेसियन कम्पनी Axiata ले रु १ खर्ब ४३ अर्ब रुपैयामा टेलिया सुनेराको ८०% सेयर खरिद गरेको थियो । २०१७ जुन १ (२०७४/२/१५ ) मा Ncell  को 4G सेवा काठमाडौ उपत्यका लगायत नगरकोट, बनेपा, धुलिखेलमा पनि सुरु गर्यो । ९०% मानिसमा पहुँच बनायो । Ncell प्राली सन २०२०/Aug ३ (२०७७/४/१७) मा Ncell Axiata LTD भयो । Axiata कम्पनिले सन २०२३ मा छोड्यो ।

अहिले फेरि Ncell Axiata LTD ले आफ्नो ८०% सेयर ज्यादै कम मुल्यमा बिक्री गर्दा पुंजिगत लाभकर छली गरेको अर्को घटना बाहिरिए पछि अहिलेको राजनीति तातिएको छ । सन २०१६ मा पनि Ncell ले ६२ अर्ब कर छली गरेको थियो । पछि बढो मुस्किलले Axiata लाई केही रकम कर सरकारले तिराएको थियो ।

भर्खरै २०२३ Dec २ (२०८० मंसिर १५ ) मा मलेसियन कम्पनी Axiata ले आफ्नो ८०% स्वामित्व ६ अर्ब मुल्यंकन गरि बेचेको छ । तर त्यो सम्पतिको अघिल्लो समयमा खरिद मूल्य १४३ अर्ब भएको आधारमा हेर्ने हो भने वास्तविक मूल्यमा अतिनै धेरै कम मूल्य राखी १३७ अर्बको कर छली गरेको पुष्टि भएको छ  । त्यो कम्पनी नेपाली मुलका सिंगापुरे नागरिक सतिसलाल आचार्यको हो ।

भर्खरै कौडिको भाउमा Ncell को ८०% सेयर खरिद गरेपनी यो भन्दा अघि नै आचार्यको श्रीमति भावना सिंह श्रेष्ठको कम्पनी सुनिभेरा क्यापिटल भेन्चरको नाममा Ncell को २०% सेयर थियो । २०७७ सालमा गरिएको एक अध्यन अनुसार २३% सेयरको मूल्य ३५ अर्ब थियो । अहिले ८०% को मूल्य मात्र ६ अर्ब देखिँदा सिधै कर छली गरेको प्रमाणित हुन्छ । त्यसो गर्दा Ncell को स्वामित्व पुरै एउटै भाँडोमा छलछाम गरि पुगेको छ । ८ बर्ष अघिको सेयरको मूल्य र अहिलेको सेयरको मुल्य पक्कै बढ्छ ।  त्यसको त हिसाबकिताब गर्नै बाँकी छ ।

Ncell को मुल्य मोटामोटी २ खर्बको होला । २ खर्बको सम्पती ६ अर्ब ६६ करोड देखाएपछी लाभकर छलेको त्यसै बुझिन्छ । यो राज्यलाइ कर नतिर्ने प्रपंच हो । हाम्रै देशका माफियाहरुले सिंगापुरे नागरिक सतिसलाल आचार्यलाई सगयोग गर्दैछ्न । सतिशलालले बेलायतमा १ महिना अघि यहि Ncell को लागि एउटा कम्पनी खोलेका छ्न । किनकी उनकी श्रीमतिले पनि Ncell को २०% सेयर खरिद गर्दा ४ महिना अघि कम्पनी खोलेकी थिइन् । सतिशलालले अवैध सम्पती लुकाउन यस्ता कम्पनी खोलेर राख्ने गर्छन् भनिएको छ । बाहिरी देशमा बसेर Axiata जस्ता कम्पनिसंग साझेदारी गर्दै आएका छ्न ।

Axiata संग मिलेर सतिशलालले क्याम्बोडियाको टेलिकममा पनि लगानी गरेका छ्न । २०७३ सालमा Ncell को सेयर किन्नु अघि नै क्यम्बोडियाको टेलिकम कम्पनीहरु मार्फत टेलिया र Axiata संग साझेदारी बढाएका थिए । Axiata र सतिसलालको सम्बन्ध अघि बढ्नुको अर्को कारण भनेसाउर्दन कोष्ट भेन्चर कम्पनी हो । त्यो कम्पनिले पनि Axiata संग मिलेर क्याम्बोडियामा लगानी गरेको छ ।

सतिशलालले गर्ने काम सबै काम गोप्य छ्न । सतिशलालकी श्रीमति भावना सिंह श्रेष्ठले Ncell को २०% सेयर खरिद गर्दा पनि Axiata ले साउदर्नलाइ ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब ५६ करोड नेपाली रुपैया ऋण दिएको थियो भन्ने थाहा भएको छ । जुन बेला Ncell को स्थापना भयो त्यस बेला २५ बर्षको सम्झैता भएको तर प्रतेक ५/५ बर्षमा नवीकरण गर्दै गएर सन २०२९ सालमा कन्ट्रक्ट सकिदैथियो । कट्राक्ट सकिएपछी त्यसै हस्तान्तरण गर्नुभन्दा अघि नै बेचेर हिड्न खोजेको हुन सक्छ ।

यो सबै बिक्रीवितरण गर्न र अरु मेसो मिलाउने काम उपेन्द्र महतो र चन्द्र ढकालले गरेको भन्ने समाचार माध्यममा आएको छ । यो सबै काम गर्न सरकारी नियमक निकाय दुरसचार प्राधिकरणसंग र सन्चार मन्त्रालयसंग अनुमति लिएको छैन । २०१५ मा १ खर्ब ४४ अर्ब रुपैयामा किन्ने  Axiata ले अति थोरै रकममा बिक्रि गरेको देखाएर एक खर्ब ३७ अर्बको पुंजिगत लाभकर राष्ट्रको लागि नोक्सान गरेको छ । सतिशलालले खरिद गर्ने कम्पनीको नाम पनि स्पेकलाइट यूके लिमिटेड हो । यो बिषयमा नियमक निकायले निवेदन दिएपनी टेरेको छैन । ५% भन्दा बढिको सेयर खरिद गर्दा पनि नियमक निकायको अनुमती लिनुपर्छ ।

Ncell खरिद बिक्रीमा दुरसंचार प्राधिकरणबाट अनुमती नलिइ बिक्री कसरी भयो ? अहिले सुचना तथा संचार मन्त्री रेखा शर्मा छिन । यो सम्भव हुन मिलेमतो नभई हुदैँन । यति ठूलो रकमको कारोबार गर्न सानोतिनो शक्तिले पार लाग्दैन । ठुलै शक्ति लाग्नु पर्छ । त्यो ठूलो शक्ति भनेको कि सरकार हो कि सरकारलाई चलाउने माफिया हुन । १३७ अर्बको पुजिगत लाभकर जति हुन्छ त्यति रकम माफियासंग मिलेर सरकार देशको राजस्व माफियालाइ पोस्दैछ । त्यसैले तुरुन्त लाभकर नतिरी Ncell खरिद बिक्री गर्न रोक लगाइयोस् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय