उत्तमको अर्धशतकमा नेपालद्वारा पाकिस्तानलाई मध्यम लक्ष्य, जीशानको ६ विकेट

काठमाडौं, २२ मंसीर । युएईमा आजदेखि सुरु भएको एसिसी यु१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ ।

आइसिसी ओभल २ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनायो ।

नेपालका लागि उत्तम थापा मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाए भने ओपनर अर्जुन कुमालले २१ रन बनाए । कप्तान देव खनाल भने १३ बल खेल्दै शून्यमै पेभेलियन फर्किएका थिए ।

पाकिस्तानका लागि मोहमद जीशानले ९.२ ओभरमा १९ रन दिएर ६ विकेट लिए । त्यस्तै अमिर हसनले १० ओभरमा १५ रन दिएर २ विकेट लिए । उबेद साह र अली असफन्दले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय