एनसेलको शेयर बिक्री रोक्न अदालतको अल्पकालीन आदेश

काठमाडौं, २१ मंसिर । दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर बिक्री नगर्न नगराउन पाटन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

एनसेलको शेयर खरिद बिक्री शंकास्पद रहेको भन्दै सरकारले पनि छानविन गर्ने निर्णय गरिसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय