नक्कली शरणार्थी प्रकरण: सन्दीप रायमाझीसहित ६ जना भए रिहा

काठमाडौं, २१ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जनालाई रिहा रिहा गरिएको छ । उच्च अदालत पाटनले तोकेबमोजिम धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका एकजना छुटेका हुन् ।
साधारण तारेखमा छुट्नेमा आशिष बुढाथोकी छन् भने धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । टोपबहादुरलाई भने थुनामै राख्ने आदेश भएको थियो ।
धरौटीमा छाड्न आदेश भएकामध्ये भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने धरौटी नबुझाएकाले थुनामै छन् ।उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । रिजालले धरौटी बुझाउन सक्ने अवस्था नभएको बताउँछन् ।

