वीरेन्द्रनगरको एक काठ मिलमा आगलागी

सुर्खेत, २१ मंसिर । सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक काठ मिलमा भीषण आगलागी भएको छ । वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा आज बिहान ५ः३० बजेदेखि नै आगलागी भएको थियो ।
विद्युतको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त मिलमा रहेका काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू जलेर ध्वस्त भएको सञ्चालक देवीलाल पौडेलले जनाए ।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

