विराटनगरमा आगलागीमा परी दुईको मृत्यु, चारजना गम्भीर घाइते

मोरङ, २१ मंसिर ।  मोरङको विराटनगरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । विराटनगर महानगरपालिका- ७ सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागी भएकाे थियो ।

आगलागीमा परेर गोदामका सञ्चालक स्थानीय ४० वर्षीय दिपक मण्डल र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरु दुवैको शव न्युरो अस्पताल विराटनगरमा राखिएको छ।

गम्भीर घाइते चारै जनालाई उपचारका लागि बुधबार साँझ काठमाडौं लगिएको छ । आगलागीमा परेर विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् ।

उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय