एनसेल प्रकरणमा छानबिन हुने


काठमाडौं,२०मंसिर।पछिल्लो समय एनसेलमा कर छली र बिक्री प्रकरणमा अदृश्य चलखेलको आशंका भैरहेकोबेला संसदको अर्थ समितिले समेत यो बिषयमा चासो राखेको छ।

यसैबीच नेपाल दूरसञ्चार प्राधिकरणले पनि एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुने अर्थ समिति तदारुकता देखाएको छ।बुधबार अर्थ समितिले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसंग छलफल समेत गरेको छ।

सोही छलफलमा प्राधिकरणका अध्यक्ष खनालले  यसबारे छानबिन हुने बताए । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत शेयर खरिद बिक्रीका लागि आक्जियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको बारे आफुले जवाफ पाएको र सो बारे कागजातपत्र अध्ययन भैरहेको समेत बताए।

यसअघि अर्थ समिति सभापति सन्तोष चालिसेको अध्यक्षतामा बसेको बैठकले एनसेल खरिदबिक्री बारे चासो लिदै छलफल गर्ने र सम्बन्धित निकायसंग जवाफ माग्ने निर्णय गरेको थियो।

त्यसैगरी सरकार सम्बद्ध गठबन्धनका दलहरूको बैठकले समेत एनसेल खरिदबिक्रीको यथार्थ छानबिन गर्ने निर्णय गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय