मिचोङ सामुद्रिक आँधीको असर पूर्वी नेपालसम्म

काठमाडौं, १९ मंसिर । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधी ‘मिचोङ’को प्रभाव नेपालको पूर्वी भागमा आंशिक रुपमा परेको छ ।

उक्त सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने मौसमविदले जनाएका छन् । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको उनले बताए ।

सामुद्रिक आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले दक्षिणी राज्य तमिल नाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ । केहीको मृत्यु भएको छ भने कैयौं उडानहरु रद्ध भएका छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका फोटो/भिडियो सार्वजनिक भइरहेका छन् ।

आज नेपालका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय