नेपाली खेलाडीले अष्ट्रेलियामा पदक जिते

धादिङका २ सहित ३ जना बिजेता

काठमाडौं, १८ मंसिर । अस्ट्रेलियामा सम्पन्न भएको २०२३ केपीएनपी एनएसडब्ल्यू तेक्वान्दो ओपन च्याम्पियनसिपमा धादिङका २ सहित ३ नेपाली खेलाडीले पदक जितेका छन् ।

प्रतियोगितामा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती धादिङका अध्यक्ष समेत रहेका प्रदीप गिरी, पारस भण्डारी र वीरगन्जका सागर गुवाजुले भाग लिएका थिए ।

सो प्रतियोगितामा ४ सय जना भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । खेलमा धादिङका पारस भण्डारी र वीरगन्जका सागर गुवाजुले स्वर्ण पदक जित्न सफल भएका हुन भने धादिङ कै प्रदीप गिरीले रजत पदक जितेका थिए । यस प्रतियोगितामा २०२३ को अहिले सम्मकै धेरै खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागीता जनाउन गएका प्रदीप गिरी थाइल्यान्ड, बङ्गलादेश र हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनमा समेत सफलता हात पर्ना सफल भएका थिए । उनी नेपालका राष्ट्रिय रेफ्री समेत हुन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय