दुई महिनाअघि खुलेको कम्पनीलाई एनसेलको शेयर बेचेर बाहिरियो आजियाटा

काठमाडौं, १६ मंसिर । दुई महिनाअघि खुलेको बेलायती कम्पनीलाई शेयर बेचेर आजियाटा एनसेलबाट बाहिरिएको छ। मलेसियाको आजियाटा बरहाद ग्रुप आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर नेपालबाट बाहिरिएको हो।
बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडसँग रेनोल्डस् होल्डिङ लिमिटेडको सम्झौता भएको छ। रेनोल्डस् आजियाटा ग्रुप अन्तरगर्तकै कम्पनी हो।
स्पेक्ट्रलाइट दुई महिनाअघिमात्रै खुलेको कम्पनी हो। २६ सेप्टेम्बर २०२३ मा खुलेको यो कम्पनीको कार्यालय लन्डनमा छ।
कम्पनीको निर्देशक सतिशलाल आचार्य हुन्। एनसेलमा सतिशलालकै कम्पनीको २० प्रतिशत सेयर समेत छ।
सन् २०१६ मा १.३६ विलियन डलरमा एनसेलको शेयर खरिद गरी नेपाल प्रवेश गरेको आजियाटाले नेपालमा चुनौति बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको थियो ।

