पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, १४ मंसिर । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।
हाललाई एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

