केपी ओली कपको फाइनलमा आर्मी र मधेस प्रदेश भिड्ने

पोखरा, १४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र मधेस प्रदेश बिच भिडन्त हुनेभएको छ । बिहिवार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश टिम प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

यसैगरी बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पनि प्रतियोगिताको उपाधि नजिक पुगेको हो। शुक्रबार फाइनल खेल हुनेछ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो ।

यसैगरी बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय