प्रधानमन्त्री प्रचण्डकी नातिनीको बिहे मंसिर २३ मा

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि नातिनी प्रतिभा पाठकको बिहे मंसिर २३ मा हुने भएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले प्रेमी गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरिसकेकी छिन् । टिकाटालोमा हजुरबुबा प्रचण्ड पनि उपस्थित थिए।

उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको पारिवारिक स्रोतले बतायो। प्रतिभालाई धेरैले चिन्दैनन । उनी रेणु दाहालको छोरीको रुपमा कतै उपस्थित हुँदैन थिइन् ।

भरतपुर महानगरको दुई पटक मेयर भएकी रेणु दाहाल पुत्री प्रतिभा पाठक उच्च शिक्षाका लागि विदेश गएकी थिइन्। रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका एक छोरी र छोरा छन्।

रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो। अर्जुन पाठकको पुर्ख्यौली बागलुङ भएपनी उनी भारत प्रवासमा नै बसोबास गर्दै आएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय