एनएसएलमा ललितपुर र पोखराको गोलरहित बराबरी

काठमाडौं, १३ मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले बराबरी खेलेका छन् । बुधबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर र पोखराले गोलरहित बराबरी खेलेका हुन् ।

खेल अवधिभर दुवै टोलीले राम्रा अवसरहरु सिर्जना गरेका थिए । ३०औं मिनेटमा ललितपुरका सेसेहाङ आङ्दाम्बेको लङ पासमा बक्समा रहेका इमोहले हेडर प्रयास गरेकको भएपनि पोखराका किपर प्रिसोले बचाए । ४३औं मिनेटमा पोखराका लागि आयुष घलानको पासमा बक्स भित्र रहेको मोसेसले हानेको हेडर पोस्ट नजिकबाट बाहिरियो ।

दोस्रो हाफको ५६औं मिनेटमा ललितपुरका इमोहले दुई डिफेण्डर बिट गर्दै बक्सभित्र बढाएको बल पोखराका खेलाडीले क्लियर गरे । ८०औं मिनेटमा पोखराका आयुष घलानले उत्कृष्ट ड्रिबल गर्दै बक्स भित्रबाट प्रहार गरेको बल ललितपुरका किपर जेफ्री बाल्टुसले सहजै बचाए । त्यसपछि बनेको मुभमा बक्सभित्र आएको एरियल बलमा ललितपुरले गोलको अवसर सिर्जना गर्न सकेन ।

दोस्रो हाफमा पोखराले तुलनात्मक रुपमा धेरै अवसर सिर्जना गरेको भएपनि गोल भने गर्न सकेन । यस बराबरीसँगै ललितपुर र पोखरा दुवैले २ खेलमा समान ४ अंक जोड्दै गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय