घाँसीकुवामा बस दुर्घटना हुँदा एकको मृत्यु, ३५ घाइते

काठमाडौं, १३ मंसिर । तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज विहान ६ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी उएकजनाको ज्यान गएको र अन्य घाइतेको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरि कार्यालय तनहुँले जनाएको छ । केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।

बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । चालक निदाएको हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय