काठमाडौंमा अरिजित सिंहको कन्सर्ट (तस्बिरहरु)
![]()
काठमाडौं, १० मंसिर । चर्चित भारतीय गायक अरिजित सिंहले पहिलोपटक नेपालमा आएर सांगितिक प्रस्तुति दिए । शनिबार साँझ उनले चुच्चेपाटीस्थित हायात रिजेन्सीको चौरमा करिब ४ घण्टाको लाइभ प्रस्तुति दिए ।
गराज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनको आयोजनामा आयोजित उक्त कन्सर्टमा करिब २० हजार व्यक्तिहरु उपस्थित भएको दाबी छ ।
आयोजकले यो कम्सर्टलाई नेपालकै ठूलो हुने दाबीसमेत गरेको छ । कन्सर्टमा प्रयोग भएका सबै सामान भारतबाटै ल्याइएको थियो।
तस्बिरहरु:





