बलिउड सुपरस्टार बुबा-आमाका छोराछोरी फ्लप !

मुम्बई।सन्नी देओलका कान्छो छोरा राजवीर र पुनम ढिल्लनको छोरी पलोमाको डेब्यु फिल्म ‘दोनो’ फ्लप साबित भएको छ ।
फिल्मले मुस्किलले एक करोडको कलेक्सन पनि गर्न सकेन।
गत अक्टोबर ६ गते रिलिज भएको यो फिल्मको कूल आम्दानी ९५ लाख मात्र पुर्यायो। फिल्मको बजेट २५ करोड भन्दा बढी थियो। यस्तो अवस्थामा यसको लागि लागत गणना गर्नु पनि धेरै टाढाको कुरा हो।
राजवीर र पालोमा भन्दा पहिले धेरै स्टार किड्स छन् जसको पहिलो फिल्म फ्लप साबित भएको थियो । उनीहरू मध्ये केहीले धमाकेदार डेब्यू गरे पनि बलिउडमा खासै सफलता पाउन सकेनन् ।
यो सूचीमा देव आनन्दका छोरा सुनिल आनन्द, अमजद खानका छोरा शादाब खान, मनोज कुमारका छोरा कुणाल गोस्वामी, मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्ती, राज बब्बरका छोरा आर्या छन् ।

यसैगरी फिरोज खानका छोरा फरदिन खान, तनुजाकी छोरी तनीषा मुखर्जी, धर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देओल, राजकुमारका छोरा पुरु, शेखर सुमनका छोरा अध्ययन सुमन लगायत छन् । बलिउडमा अब्बल मानिएका स्टार कलाकारले आफ्ना सन्तानलाई भने चिनाउन सकेनन् ।

