पिकनिक गएको बस दुर्घटना हुँदा एकको मृत्यु, ३५ घाइते

उदयपुर, ९ मंसिर । उदयपुरको त्रियुगा नगरपालिकास्थित अन्नपूर्ण स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना एकजनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

त्रियुगाबाट पिकनिक गएर फर्कँदै गरेको मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइते विद्यार्थी मध्ये १२ जना भन्दा गम्भीर छन् । घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्‍याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...