दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौ,८मंसिर ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।
बिहिवार काठमाडौको बल्खुमा भएको प्रदर्शनको नेतृत्व गरेका प्रसाईं शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारीमा थिए। तर,उनलाई प्रहरीले बिहानैदेखि भक्तपुर स्थित घरबाट निस्कन दिएको थिएन।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर प्रहरीले नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
प्रसाईं लाई मंसिर ८ गते बिहानदेखि नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले भक्तपुर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट दिएको सर्बोच्च स्रोतले जनाएको छ। रिटको सुनुवाइका लागि आइतबारलाई पेशी तोकिएको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले भने दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको जिकिर गरेका छन्।
प्रसाईं काठमाडौं छिरेदेखि नै उनलाई सुरक्षा दिइराखिएको बस्नेतले बताए। उनले प्रसाईं लाई नजरबन्लाइ राखेको नभै सुरक्षाका निम्ति काठमाडौं छिरेदेखि र बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेको बताए।

