प्रसाईं समूहले आज तीनकुनेमा प्रदर्शन गर्दै

काठमाडौं, ८ मंसिर । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले आज शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्दै छ।

अभियानको पहिलो दिन बिहीबार दिनभरजसो बल्खुमा प्रदर्शन गरेको सो समूहले आजबाट भने तीनकुनेमा प्रदर्शन गर्न लागेको हो ।

प्रसाईंले बिहिबार बेलुका पत्रकार सम्मेलन गर्दै यस अभियान निरन्तर प्रदर्शन जारी रहने र शुक्रबार विहान ११ बजे तीनकुनेमा जम्मा हुने जनाए। प्रसाईंले अभियानमा सहभागी हुनेको संख्या अब बढ्दै जाने पनि दाबी गरेका छन् ।

तीनकुनमा हिजो भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय