दुर्गा प्रसाई समूहले भोलिदेखि तिनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं, ७ मंसिर । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।

अभियानको पहिलो दिन बिहीबार दिनभरजसो बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो।

प्रसाईंले यस अभियान निरन्तर प्रदर्शन जारी रहने र शुक्रबार विहान ११ बजे तीनकुनेमा जम्मा हुने जनाए।

तीनकुनमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय