धनकुटामा घरभित्रै बुबा, आमा र छोरा मृत फेला

काठमाडौं, ७ मंसिर । धनकुटामा घरभित्रै एकै परिवारका तीन जनाको शव फेला परेको छ। धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमै फेला परेकोले आमा छोराको हत्यापछि बुबा टीकारामले आत्महत्या गरे जस्तो देखिएको जनाइएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय