शक्ति प्रदर्शनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौं, ७ मंसिर । आज मंसिर ७ अर्थात् युवा संघलगायत एमालेका भ्रातृ संगठन र दुर्गा प्रसाईंको समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने दिन।
युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा प्रदर्शन गर्ने तयारी छ।
यसै शक्ति प्रदर्शनलाई लक्षित गरी काठमाडौँ उपत्यकाभरि नै सरकारले विशेष सुरक्षाको व्यवस्था गरेको छ।

