गाती कप फुटबलमा क्वाटरफाइनलका खेलहरु सम्पन्न

सिन्धुपाल्चोक, २४ कात्तिक । चौथो संस्करणको गाती सेभेन ए साइड फुटवल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहिबार क्‍वाटरफाइनलका चार खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

शुक्रबारको पहिलो खेलमा आयोजकको गाती युवा क्लब (बी) ले नेवार एकता समाजलाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा आयोजकको गाती युवा क्लब ‘ए’लाई १-० गोलअन्तरले पराजित गर्दै सुनखानी युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी तेस्रो खेलमा बाह्रविसे भेट्रान क्लबलाई ३-० गोलअन्तरले हराउँदै अरनिको युवा क्लब पनि अन्तिम चारमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा खुर्सानीबारी युवा क्लबलाई २-१ गोलअन्तरले हराउँदै बछेलदेवी एफसी ‘बी’ सेमिफाइनलमा प्रवेश गर्यो ।

सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुने छन् । प्रतियोगिता सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ स्थित गातीमा गाती युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार ११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय