मुगु सामुहिक हत्या प्रकरणमा दुई सातापछि एक पक्राउ

काठमाडौं, २४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाको दुई सातापछि एक आरोपी पक्राउ परेका हुन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो। शाही मृतक परिवारका आफन्त भएका प्रहरीले जनाएको छ।
यही कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या गरिएको थियो। हत्याको दुई दिनपछि घरभित्रै उनीहरुको शव फेला परेको थियो।
परिवारका चार जनाको हत्यामा शाहीसँगै अर्को एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान प्रहरीले गरेको छ। थप विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ ।

