गाती कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

सिन्धुपाल्चोक, २३ कात्तिक । चौथो संस्करणको गाती सेभेन ए साइड फुटवल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बिहिबार प्रिक्वाटरफाइनलका बाँकी तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
बिहिबारको पहिलो खेलमा आयोजकको गाती युवा क्लब (सी) लाई २-० गोल अन्तरले हराउँदै बछेलदेवी एफसी बी क्वाटरफाइनलमा प्रवेश गर्यो । त्यस्तै, दोस्रो खेलमा घुम्थाङ् समाज सुधार युवा समूहलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सुनखानी युवा क्लब पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।
त्यसैगरी तेस्रो खेलमा अरनिको युवा क्लबले बुदेपा एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । क्वाटरफाइनलका खेलहरु शुक्रबार हुने छन् ।
प्रतियोगिता सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ स्थित गातीमा गाती युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार ११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ।

