एकद्वार प्रणालीबाट भूकम्प प्रभावितलाई राहत वितरण गरिने

काठमाडौं, १८ कात्तिक । सरकारले जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकाको उपचार पहिलो प्राथमिकतामा राख्दै राहत वितरण एकद्वार प्रणालीबाट गर्ने भएको छ ।
शनिबार गृह मन्त्रालयमा बसेको बैठकले घाइतेको उपचारलाई पहिलो प्राथमिकतामा राखेर उद्दार, राहत र पुनर्स्थापनाका सबै प्रयास जारी राख्ने निर्णय गरेको हो ।
प्रभावित क्षेत्रमा वानडोर (एकद्वार) प्रणालीबाट राहत दिने र राहत सामग्री प्रदेश हेडक्वार्टर सुर्खेतमा सप्लाइ गरी हस्तान्तरण गरिने छ ।
सरकारका अनुसार हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या १३८, उपचाररत २३१ जना रहेका छन् ।

