अपडेट: जाजरकोट भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

जाजरकोट, १८ कात्तिक । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्र भएर गएको भूकम्पमा धेरै भौतिक तथा मानवीय क्षति भएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते छन् ।

मध्यराति जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर गएको भूकम्पमा परी रुकुम पश्‍चिम र जाजरकोटमा गरी १०० भन्दा बढीको ज्यान गएको पुष्‍टि भएको छ । जाजरकोटमा ९२ तथा रुकुम पश्‍चिममा ३६ जनाको ज्यान गएको छ ।

भूकम्पले धेरै घरहरु भत्किएका छन् । मृतकको संख्या अझै बढ्न सक्‍ने बताइएको छ । घाइतेको उद्दार गरी राति नै अस्पताल पुर्याइएको थियो ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर राति ११ बजेर ४९ मिनेटमा ६.४ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको शक्तिशाली धक्का काठमाडौंं लगायत देशका विभिन्‍न स्थानमा महसुस गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय