जाजरकोट भुकम्प अपडेट: जनप्रतिनिधि सहित ७३ को मृत्यु

काठमाडौ,१८कार्तिक।शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ७३ जनाको मृत्यु भएको छ। यो संख्या अझै बढ्ने देखिन्छ।
जाजरकोट केन्द्र बिन्दु रहेको भुकम्पको कारण एउटै वडामा २१ जनाको मृत्यु भएको छ। त्यसमा एकै घरका ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यसैगरी रुकुम पश्चिमका विभिन्न स्थानमा गरि ३६ जनाको मृत्यु भएको छ। भुकम्पको धक्का काठमाडौ,पोखरादेखि भारतको राजधानी दिल्ली सम्म महसुस गरिएको थियो।
भुकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि निधन भएको छ । उनी नेपाली काङ्ग्रेसकि नेतृ हुन् । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो।
प्रहरीका अनुसार जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको छ ।
जाजरकोटमा अहिले पनि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस लगत्तै राति १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो ।
त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।

