जाजरकोट केन्द्र भएर मध्यरातमा ठूलो भूकम्प, देशका धेरै स्थानमा धक्का

काठमाडौं, १८ कात्तिक । जाजरकोट केन्द्र भएर अहिले मध्यरातमा ठूलो भुकम्प गएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर ६.४ म्याग्निट्युडको भूकम्प गएको हो ।
राति ११ बजेर ४९ मिनेटमा भुकम्प गएको हो । भूकम्पको शक्तिशाली धक्का काठमाडौंं लगायत देशका विभिन्न स्थानमा महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

