नेदरल्यान्ड्समाथि अफगानिस्तानको सहज जीत

काठमाडौं, १७ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकपमा अफगानिस्तानले चौथो जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा नेदरल्यान्ड्समाथि ७ विकेटको सहज जीत हासिल गर्दै अफगानिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जीवितै राखेको छ ।
नेदरल्यान्ड्सले दिएको १८० रनको लक्ष्य अफगानिस्तानले ३१.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । उसका हस्मतुल्लाह शाहिदी ५६ रनमा अविजित रहे । त्यस्तै रहमत शाहले ५२ रन बनाए । अजमतुल्लाह ओमरजाइ ३१ रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका लोगान भान बिकले ७ ओभरमा ३० रन दिएर १ विकेट लिए । त्यस्तै रोलफ भान डेर मर्वेले ५ ओभरमा २७ रन दिएर १ विकेट लिए । शकिब जुलफिकरले ३ ओभरमा २७ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४६ ३ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । साइब्रान्ड एङ्गलब्रेच्टले सर्वाधिक ५८ रन बनाए । म्याक्स ओ डाउडले ४२ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाए ।
अफगानिस्तानका मोहम्मद नाबीले ९ ३ ओभरमा २८ रन दिएर ३ विकेट लिए । त्यस्तै नूर अहमदले ९ ओभरमा ३१ रन दिएर २ विकेट लिए । मूजिब उर रहमानले १० ओभरमा ४० रन दिएर १ विकेट लिए ।
यस जितसँगै अफगानिस्तानले ७ खेलमा ८ अंक जोडेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । ७ खेलमा ४ अंक रहेको नेदरल्यान्ड्स आठौं स्थानमा छ ।

