बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा छनौट

काठमाडौं १७ कात्तिक । ओमान आगामी टी२० विश्वकपका लागि छनौट भएको छ । शुक्रबार भएको सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनौट भएको हो ।
बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओमानका कश्यप प्रजापति ५७ तथा प्रतिक अथावाले ४८ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । इमरान अलीले सर्वाधिक ३० रन बनाएका थिए ।
ओमानका आकिब इलियासले ४ ओभरमा १० रन मात्र दिएर ४ विकेट लिए । शकील अहमदले २ विकेट लिए ।

