मध्यक्रम ब्याटिङ नचल्दा ओमानसँग नेपालको हार

काठमाडौं, १६ कात्तिक । आइसिसी टी२० विश्वकप एसिया छनौटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । मध्यम लक्ष्य पछ्याउने क्रममा निराशाजनक ब्याटिङ गरेपछि नेपाल ५ रनले पराजित भयो ।
ओमानले दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले रन मात्र बनाउन सक्यो । नेपालले खेल लगभग गुमाइसकेको अवस्थामा विवेक यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै नेपालको आशा जिवितै राखे । उनले विस्फोटक ३९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक २६ रन बनाए । त्यस्तै सोमपाल कामी, सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १२ रन बनाए ।
ओमानका लागि बिलाल खानले ४ ओभरमा ३०रन दिएर ३ विकेट लिए । मेहरान खानले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । त्यस्तै आकिब इलियासले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । शकील अहमदले ३ ओभरमा १५ रन दिएर २ विकेट लिए । जिशान मकसुदले २ ओभरमा १६ रन दिएर १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले नेपाललाई १४६ रनको मध्यम लक्ष्य दिएको छ । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक रन बनाए । त्यस्तै नसीम खुसीले २५ तथा प्रतिक अथावालेले २४ रन बनाए । शकील अहमद २२ रनमा अविजित रहे ।
नेपालका करण केसीले ४ ओभरमा ४३ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए ।

