ओमानद्वारा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं, १६ कात्तिक । आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्स अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दै छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले नेपाललाई १४६ रनको मध्यम लक्ष्य दिएको छ । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक रन बनाए । त्यस्तै नसीम खुसीले २५ तथा प्रतिक अथावालेले २४ रन बनाए । शकील अहमद २२ रनमा अविजित रहे ।
नेपालका करण केसीले रन दिएर सोमपाल कामीले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए ।

