नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं, १६ कात्तिक । आइसिसी टी२० विश्‍वकप छनौट एसिया फाइनल्सको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ । खेल मुलपानीमा हुने छ ।

नेपाल समूह ए को उपविजेता तथा युएई समूह बी को विजेताका रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । युएईले मुलपानीमा भएको खेलमा हङकङलाई २२ रनले हराउँदै समूह बी को विजेता बन्यो ।

त्यस्तै आज भएको समूह ए को  खेलमा नेपाललाई हराउँदै ओमान समूहविजेता बनेको छ । ओमानले समूह बी को उपविजेतासँग सेमिफाइनल खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय