आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं, १६ कात्तिक । आज (बिहिबार)देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुँदै छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ।

आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय