एबिसीमा गुटेरेसको सुरक्षामा खटिएका असई ढुङ्गानाको लेक लागेर ज्यान गयो

पोखरा, १५ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण आधार शिविर (एबिसी)मा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर ज्यान गएको छ।

मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत हिमालय भन्ने ठाउँमा ढुंगानाको लेक लागेर निधन भएको कास्की प्रहरीले जनाएको छ । महासचिव गुटेरेस फर्किएलगत्तै प्रहरी सहायक निरीक्षकसहितको टोली अन्नपूर्ण बेसक्याम्पबाट फर्किएर हिमालयमा बास बसेको थियो ।

उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएको थियो। तत्काल उनलाई हेलिकोप्टरमार्फत् पोखरा ल्याइएकोमा विहान ९ः४० मा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

उनले फेसबुकमा एबिसीमा हुँदाको भिडियोहरु पनि राखेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय