प्रिन्सिपल हत्या प्रकरण: प्रेम सम्बन्ध भएकी युवतीसहित १० जना पक्राउ

बारा, १५ कात्तिक । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपाली पक्राउ परेका हुन्।

सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

यसअघि सोही स्कुलकी पूर्व शिक्षिका र केही भारतीय नागरिक पनि पक्राउ परिसकेका छन् ।

सर्राफको गत सोमबार दिउँसो कलैयामा गोली हानी हत्या भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय