आकिबको अर्धशतकमा ओमानद्वारा सिङ्गापुरलाई बलियो लक्ष्य

काठमाडौं, १४ कात्तिक । काठमाडौंमा जारी आइसिसी टी२० विश्वकप छनौट अन्तर्गत समूह ए को मङ्गलबारको पहिलो खेलमा ओमान र सिङ्गापुर खेलिरहेका छन् ।
टियु क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले सिङ्गापुरलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो ।
ओमानका लागि आकिब इल्यासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रन बनाए । त्यस्तै प्रतिक अथावालेले ४२ रन बनाए भने जिशान मकसुदले २६ रन बनाए ।
सिङ्गापुरका जनक प्रकाश, रमेश कालिमुथु र अनिश परामले २-२ विकेट हात पारे । ओमानले यस खेल जितेमा एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ ।

