टि२० विश्वकप छनौट: दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै

काठमाडौं, १४ कात्तिक। आइसिसी टी२० विश्वकप एसिया फाइनल्सको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजेदेखि सुरु हुने छ ।
नेपालले पहिलो खेलमा सिङ्गापुरमाथि ८ विकेटको सहज जीत निकालेको थियो । त्यस्तै मलेसिया भने ओमानसँग ३२ रनले पराजित भएको थियो ।
नेपालले टोलीमा एक बाध्यकारी परिवर्तन गर्ने छ । चोट बोकेका दीपेन्द्रसिंह ऐरीको स्थानमा नेपालले विवेक यादव वा कुनै बलरलाई मौका दिन सक्ने छ ।

