प्रिन्सिपल हत्या प्रकरणमा तीनजना पक्राउ

बारा, १३ कात्तिक । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिएको छ, । एक जनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याइसकिएको छ। अन्य दुई जनाालाई पक्राउ गरिसकिएको र जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको छ।

दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो। घाँटी र छातीमा गोली लागेका उनलाई तत्कालै वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको ज्यान गएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय