नेपाली काँग्रेसको चियापान कार्यक्रम आज, हजारौंलाई निमन्त्रणा

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आज शनिबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानमा दश हजार भन्दा धेरै जनालाई निमन्त्रण गरिएको छ ।
विसं २०३३ सालमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ।
सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गरेका हुन्।

