मध्यक्रम नचल्दा युएईलाई नेपालको मध्यम लक्ष्य

काठमाडौं, १० कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित त्रिकोणात्मक श्रृंखलाको फाइनल खेलमा शुक्रबार नेपाल र युएई खेलिरहेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनी २९ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाएर आउट भए । करण केसी २३ रनमा अविजित रहे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २० तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

युएईका आयान अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । त्यस्तै अली नासिरले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । जाहुर खानले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए ।

कुनै समय २०० रन बनाउने सम्भावना रहेको भएपनि मध्यक्रमको ब्याटिङ नचल्दा नेपाल मध्यम योगफलमै रोकियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय