कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते

पोखरा, १० कात्तिक । लोकप्रिय कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्।
शुक्रबार बिहान पोखरा नदीपुरस्थित आफ्नो घर नजिकैको भीरमा घाँस घाट्दै गर्दा उनी लडेका हुन्।
भीरबाट लडेर गम्भीर घाइते घिमिरेलाई उपचारको लागि तत्कालै पोखरास्थित मणिपाल अस्पतालमा भर्ना गरिएको छ। उनको उपचार जारी छ ।
लोकप्रिय सिनियर कलाकार घिमिरे अभिनित चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ।

